नेपाल । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफू सामाजिक न्यायसहितको लोकतन्त्रको पक्षमा रहेको बताउनु भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले उक्त कुरा बताउनु भएको हो ।
नेता झाँक्रीले अगाडि भन्नुभयो, ‘हामीले भन्न खोजेको लोकतन्त्र समाजवादसँग जोडिएको छ । लोकतन्त्रलाई हाम्रो अवस्थासँग जोडेर हेर्नुपर्छ । विश्व परिस्थितिसँग जोडेर हेर्नुपर्छ । लोकतन्त्रले जनताको जीवनसँग आर्थिक अवस्थासँग जोडिनुपर्छ। जनताको जीवन र आर्थिक अवस्थासँग जोडेर हेर्न सकिएन भने त्यो लोकतन्त्र नहुनसक्छ। लोकतन्त्रवादी भन्न सकिएला । तर, कस्तो खालको लोकतन्त्र भन्ने कुराले अर्थ राख्छ ।’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्