नेपाल । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
पार्टीले काठमाडौंमा हुने उक्त जागरण सभाको तयारी थालेको छ । हालै बसेको सचिवालयको बैठकको निर्णय अनुसार एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ गर्न लागिएको जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुर्याउने उद्देश्य लिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्