२० फाल्गुन २०८२, बुधबार

रास्वपा नेताहरुबिरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

कोलोराडोखबर संवाददाता , November 13th, 2024

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया चलिरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले दिनुभएको अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएको हो ।

निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू स्वर्णिम वाग्ले, कार्यबहाक प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, असिम शाह, गणेश पराजुली, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्