२० फाल्गुन २०८२, बुधबार

२८ महिनाका लागि दीपक मनाङे डिल्लीबजार कारागार चलान

कोलोराडोखबर संवाददाता , November 13th, 2024

नेपाल । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई मंगलबार डिल्लीबजार कारागार चलान गरिएको छ ।

उनलाई मंगलबार बिहान स्वयम्भू, सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलालाई यही कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।

मनाङेले २८ महिना कैद भुक्तान गर्नुपर्ने छ । उनलाई भएको ५ वर्षको सजायमध्ये दुईपटक गरेर ३२ महिना जेल बसिसकेका छन् । सुरूमा जिल्ला अदालतले गरेको २ वर्षको सजया उनी काटेर मात्र छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्