नेपाल । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ । यसअघि २ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।
उनीसहित ९ जनालाई काठमाडौं जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
मानव तस्करी तथा सरकारी कागज किर्ते प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
जापानमा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा अधिकारीसँग थप ३ जना जापान पुगेपछि पूर्वमन्त्री विवादमा तानिएका थिए । उनले मन्त्री पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले उनको साधारण सदस्यसमेत निलम्बन गरिसकेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्