नेपाल । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले आजदेखि लागू हुनेगरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र छ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको हो ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले यही कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्