नेपाल (हेटौंडा) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार देशलाई अँध्यारोतर्फ धकेल्लन उद्यत रहेको आरोप लगाएका छन् ।
शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै ओली सरकारलाई उज्यालो मन नपरेको टिप्पणी गर्दै देशलाई अँध्यारोमा लैजाने काम गरिहेको बताए ।
आफ्नो नेतृत्वको पूर्वसरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएको र बिचौलियाहरूले नै यो सरकार निर्माण गरिदिएको आरोप समेत लगाए।
अध्यक्ष दाहालले आगामी दिनमा देशभरका जिल्ला र स्थानीय तहमा आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । उनले आफू अझै ५–७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्