१९ बैशाख २०८२, शुक्रबार

त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपाल क्यानडासँग ४ विकेटले पराजीत

कोलोराडोखबर संवाददाता , October 2nd, 2024

नेपाल । क्यानडामा जारी त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपाल घरेलु टोलीसँग चार विकेटले पराजीत भएको छ ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जीत आफ्नो पक्षमा पार्‍यो ।

क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे ।

नेपालले पारी सकिँदा १३९ रन मात्रै बनाउन सक्यो । एक सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रह्यो । पहिलो छ ओभरमा क्यानडाले एक विकेटको क्षतिमा ३४ रन मात्रै बनाउन सक्यो ।

क्यानडासामू मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडाले सहजै जित दर्ता गर्‍यो । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुई–दुई र सोमपाल कामीले एक विकेट लिए । अठार बलमा ३३ रन बनाउनुका साथै एक विकेट लिएका साद विन जफर प्लेयर अफ द म्याच घोषित भए ।

शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बुधबार ओमानविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्