२९ फाल्गुन २०८२, शुक्रबार

सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिड्नु पर्छः गगन थापा

कोलोराडोखबर संवाददाता , September 1st, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिड्नु पर्ने कुरामा जोड दिनु भएको छ ।

समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने उहाँको भनाई थियो ।

गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७ औं पुस्तकालय दिवस एवम् १५९औँ मोती जयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

उहाँले विकासको पछिल्लो चरणमा रहेका देशहरूले विकासमा समुदायलाई जोड्न नसकेसम्म विकास नहुने जनाउँदै यसका लागि पुस्तकालय महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्