२८ फाल्गुन २०८२, बिहीबार

नेकपा एसमा पदाधिकारी चयन गर्न सकस, निर्वाचन गर्ने निर्णय

कोलोराडोखबर संवाददाता , August 27th, 2024

नेपाल । नेकपा एकीकृत समाजवादीले १८ पदाधिकारीसहित पोलिटब्यूरो सदस्य छनोटका लागि मंगलबार निर्वाचन गर्ने भएको छ।

सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्यूरो सदस्य छनोट गर्ने निर्णय गरेको हो । यसैअनुसार पार्टीको निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्यूरो सदस्य छनोटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।

केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्