५ चैत्र २०८२, बिहीबार

पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किन् परराष्ट्रमन्त्री आरजु राणा

कोलोराडोखबर संवाददाता , August 23rd, 2024

नेपाल । परराष्ट्रमन्त्री आरजु देउवा राणा पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्केकी छिन् ।

बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर पत्रकार सम्मेलनमा बोल्दै राणाले मोदीसँगको शिष्टाचार भेटको अवसरमा नेपाल र भातरबीचमा रहीआएको सम्बन्धमा विचार आदानप्रदान गरेको बताइन् ।

भेटमा केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण समेत भएको उनले बताइन् ।

यस्तै, भारतीय समकक्षी एस. जयशंकरसँगको हैदरावाद हाउसमा दुई पक्षीय भेट व्यापार, पाहरवाहन, हवाई पन्चेश्वर, सीमा पुर्वाधार, पन्चेश्वर लगायका क्षेत्रमा छलफल भएको बताइन् ।

दुई पक्षमा भएको सम्पर्कलाई निरन्तरता दिनेमा सहमति भएको भन्दै आफूले जय शंकरले आयोजना गरेको दिवा भोजमा सहभागी भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्