३० फाल्गुन २०८२, शनिबार

कांग्रेस-एमाले गठबन्धन साढे ३ वर्ष नै चल्ने गगन थापाको दाबी

कोलोराडोखबर संवाददाता , August 21st, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस एमाले गठबन्धन साढे ३ वर्ष नै चल्ने दाबी गर्नुभएको छ । उहाँले गठबन्धनमा कुनै पनि उथलपुथल नहुने दाबी गर्नुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देही प्रशिक्षण विभागद्वारा आयोजित तीन दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई लुम्बिनीमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेले निश्चित उद्देश्य पुरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पुरा गर्ने बताउनुभयो ।

महामन्त्री थापाले संविधान गतिशील दस्ताबेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभयो । यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्