८ असार २०८२, आईतवार

रिलायबल नेपाल लाइफले गर्यो १ करोड २ लाख मृत्यु दाबी भुक्तानी

कोलोराडोखबर संवाददाता , November 7th, 2023

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १ करोड २ लाख मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीबाट ७८ साल कात्तिक २९ मा प्रदिप ज्ञवालीले ५० लाख बराबरको बिमालेख खरीद गरेका थिए ।

उनको ८० साल बैसाख २४ मा दुर्घटनामा परेर मृत्यु भएकोले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ८० साल कात्तिक १९ मा मृतकी आमा श्रीमती टिका कुमारी घिमिरेलाई १ करोड २ लाखको मृत्यु दाबी भुक्तानी गरेको हो ।

उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल, एजेन्सि म्यानेजर नवराज पौडेल, लिलाधर कडेल तथा मृतक ज्ञवालीका परिवार, छिमेकी जनप्रतिनिधि लगायतकको उपस्थितिमा रकम हस्तान्तर गरिएको कम्पनीले प्रेश विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्