नेपाल । नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटी बैठक भदौ ९, १० र ११ गते बस्ने भएको छ ।
नेकपा (एकीकृत समाजबादी) केन्द्रीय कमिटीको बैठक भदौ ९, १० र ११ गते बिहान ११ बजे काठमाडौँमा राखिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिनुभएको छ ।
महासचिव भुसालकाअनुसार केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन गरिएको छ ।
महासचिवले बैठकमा केन्द्रीय कमिटी सदस्यहरुको सपथ ग्रहण, केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल हुने जानकारी दिनुभयो । त्यस्तै बैठक स्थलका बारेमा पछि सूचना गरिने उहाँले जानकारी दिनु भयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्