२१ फाल्गुन २०८२, बिहीबार

अनेसासको आयोजनामा कोलोराडोमा आख्यान कार्यशाला हुँदै

कोलोराडोखबर संवाददाता , August 17th, 2024

कोलोराडो । अनेसास कोलोराडो शाखाको आयोजनामा आयोजनामा यही अगस्त १७ तारिकका दिन आख्यान लेखन कार्यशाला हुने भएको छ ।

बिहान ११ बजेदेखि २ घण्टासम्म क्रस रोड कम्युनिटी सेन्टरमा उक्त कार्यक्रम सञ्चालन हुने अनेसास केन्द्रीय समितिका महासचिव तथा कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले जनाएका छन् ।

सहभागीहरुलाई वरिष्ठ आख्यानकार कृष्ण धरावासीले प्रशिक्षण प्रदान गर्नेछन् । कार्यक्रममा सहभागिताका लागि २० डलर दर्ता शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्