५ चैत्र २०८२, बिहीबार

असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने रास्वपाको तयारी

कोलोराडोखबर संवाददाता , August 15th, 2024

नेपाल । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८१ असोज १ र २ गते काठमाडौंैमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।

राष्ट्रिय भेला भन्दा अगाडि सो पार्टीले सातै प्रदेशमा भेलाहरू गर्ने तयारी गरेको छ ।

बुधबार बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब–लिडरसिप एकेडेमी) मा छलफल हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्