५ चैत्र २०८२, बिहीबार

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्रीलाई हटाए

कोलोराडोखबर संवाददाता , August 14th, 2024

नेपाल । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठ राज्यमन्त्रीलाई हटाएका छन् ।

जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएपछि मंगलबार मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्री हटाएका हुन् । अब प्रदेशमा मुख्यमन्त्रीसहित १२ मात्रै मन्त्री रहनेछन् ‌।

साउन २० मा एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्री नियुक्त गरेको थियो ।

यसअघि नै एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त गरिएको थियो । उनीहरू सबैलाई हटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्