३० फाल्गुन २०८२, शनिबार

कांग्रेसको केन्द्रीय समितिको बैठक भदौ ७ गतेसम्म स्थगित

कोलोराडोखबर संवाददाता , August 13th, 2024

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ गतेसम्मका लागि स्थगित भएको छ । बैठक साउन २३ गतेबाट सुरु भएको थियो । बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी रहेको छ ।

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईँ, रामजनम चौधरी, डा।गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले बैठकका एजेन्डामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आफ्नो धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्