४ चैत्र २०८२, बुधबार

माओवादी केन्द्रमा तत्कालै प्रचण्डको विकल्प छैनः सापकोटा

कोलोराडोखबर संवाददाता , August 13th, 2024

नेपाल । नेकपा (माओवादी केन्द्र) ले तत्काल नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको जनाएको छ ।

स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न सुझाव दिएकोबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले सांगठानिक विधिबाट नै निष्कर्षमा पुग्ने उल्लेख गरे ।

उनले बैठकमा बोलेका अधिकांशले विचार र आर्थिक विकासलाई प्राथमिकता दिँदै आत्मसमीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएको बताए ।

केन्द्रीय समितिमा व्यापक छलफल गरेर माओवादीको आगामी कार्यनीति र रणनीति तय हुने सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्