नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका हुन् ।
आइतबार शिष्टाचार भेटका क्रममा ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
नेपाल भ्रमणमा रहेका विदेश सचिव मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टा छुट्टै भेट गरेका थिए ।
भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी सोमबारनै स्वदेश फर्कने तालिका छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्