नेपाल । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २० सदस्यीय मन्त्रिपरिषद् बनाएर रेकर्ड कायम गरेका छन् ।
१५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् । सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१ राज्यमन्त्री नियुक्त भएका छन् ।
पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गरिएसँगै मधेश सरकारको मन्त्रिपरिषद् अहिलेसम्मकै ठूलो आकारको बनेको छ ।
मधेसमा जनमत पार्टीका मुख्यमन्त्री सिंहको नेतृत्वमा एमाले, काँग्रेस र लोसपा सरकारमा सहभागी छन् ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्