२१ फाल्गुन २०८२, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पाए विश्वासको मत

कोलोराडोखबर संवाददाता , August 6th, 2024

नेपाल । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

उनलाई सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए । प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्