४ चैत्र २०८२, बुधबार

पार्टीको ठोस् कार्यदिशा र रणनीति निर्माण गर्न रास्वपाका केन्द्रीय नेताहरु कार्यशालामा

कोलोराडोखबर संवाददाता , August 3rd, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने बन्द कार्यशाला शुक्रबारदेखि जारी छ । पार्टीको केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा कार्यशाला चलिरहेको हो ।

पार्टीको रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको छ ।

कार्यशालामा विचार, संगठन, मूल्यमान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे छलफल चलिरहेको बताइएको छ ।

बन्द कार्यशालामा विषयगत छलफलका लागि ६ वटा समूह विभाजन गरिएको छ ।

कार्यशाला अन्तर्गत केन्द्रीय समितिका सदस्यहरूले बुझाएको कार्ययोजना–सुझाव अध्ययनको सभापति रवि लामिछाने र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले अध्ययन गर्ने र पार्टीले ठोस् कार्यदिशा र रणनीति निर्माण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्