नेपाल । सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ ।
अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे सिफारिस भएका छन् भने भारतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । रेग्मी पूर्व मुख्यसचिव हुन् ।
मन्त्री मन्त्रिपरिषद बैठकले चीनमा विष्णपुकार श्रेष्ठ, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस गरेको छ । भएका छन् ।
मन्त्रिपरिषदको सोमबारको बैठकले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारले अमेरिका, बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, पाकिस्तान,अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनीका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
राजदूत सिफारिस भएकाहरुः
साउदी अरब– नरेशविक्रम ढकाल
इजरायल– धनप्रसाद पण्डित
दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ
दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे
पोर्चुगल– प्रकाशमणि पौडेल
पाकिस्तान– रिता धिताल
अस्ट्रेलिया– कान्ता रिजाल
भारत– शंकर शर्मा
अमेरिका– लोकदर्शन रेग्मी
चीन– कृष्णप्रसाद ओली
बेलायत– चन्द्रप्रसाद घिमिरे
जर्मनी– शैल रुपाखेती

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्