६ चैत्र २०८२, शुक्रबार

यौन दुराचारको आरोप लागेपछि निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नाम अस्वीकृत

कोलोराडोखबर संवाददाता , July 30th, 2024

नेपाल । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ ।

यसअघि समितिको बैठक बस्नुअघि नै प्रधानले आफूलाई प्रस्ताव गरिएको पदमा उम्मेदवारी कामय राख्न नचाहेकोबारे सोमबारनै लिखित जानकारी गराएका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले गत असार २ गते नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाएको थियो ।

समितिको साउन ९ गतेको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । उनीविरुद्ध यौन दुराचारको अभियोगसम्बन्धी चार वटा उजुरी परेका थिए ।

प्रतिक्रिया दिनुहोस्