नेपाल । गत बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शव शुक्रबार आफन्तलाई बुझाइने भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका अनुसार सबै शवको पोष्टमार्टम गरिसकिएकोले सबै रिर्पोट आएपछि परिवारलाई हस्तान्तरण गरिने छ ।
केही शवको भने डीएनए परीक्षण गर्नुपर्ने अवस्थाका भएकोले ती शवलाई के गर्ने भन्ने बारेमा छलफल गरिरहेको अस्पताल श्रोतले जनाएको छ । डीएनए परीक्षण गरेर शवलाई हस्तान्तरण गर्न भने झण्डै २ हप्ता लाग्ने छ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको थियो।
जसमा १८ जनाको मृत्यु भएको थियो । घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार जारी छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्