नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन, परिमार्जन र सुझावका लागि ११ सदस्यीय कार्यदल बनाएको हो ।
विधान संशोधन गर्नको लागि कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहेका छन् ।
कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्