२१ फाल्गुन २०८२, बिहीबार

सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

कोलोराडोखबर संवाददाता , July 23rd, 2024

नेपाल । सर्लाहीमा धारिलो हतियार प्रयोग गरी आइतबार राति पूर्वभूमिव्यवस्था राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित आफ्नै निवासमा पूर्वराज्यमन्त्री अन्दाजी ७५ वर्षीय रायको हत्या भएको हो ।

अज्ञात समूहले टाउकोको बायाँ साइटमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको अवस्था थियो ।

मलंगवा नगरपालिकामा समेत घर भएका पूर्वराज्यमन्त्री रायको चन्द्रनगरमा करिब सयौँ बिघा खेत रहेको छ । सोही खेत रोपाइँ गर्न आएका उनको हत्या गरिएको स्थानीय बताउँछन् । यादव पञ्चायत काल र बहुदलीय व्यवस्थामा पटक पटक सांसदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्