२ चैत्र २०८२, सोमबार

मन्त्रिमण्डल समावेशी नभएको भन्दै महिला आयोगको ध्यानाकर्षण

कोलोराडोखबर संवाददाता , July 17th, 2024

नेपाल । राष्ट्रिय महिला आयोगले कांग्रेस–एमाले नेतृत्वको मन्त्रिमण्डल समानुपातिक समावेशी नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ सदस्यीय मन्त्रिमण्डलमा संविधानमा व्यवस्था भएअनुसार समावेशी सिद्धान्तको आधारमा सहभागिता नगराई ९ प्रतिशत अर्थात जम्मा २ जनामात्रै महिला समेटिएको जनाएको हो ।

अध्यक्ष कमलाकुमारी पराजुलीद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको भाग ३ को धारा ३८ मा को उपधारा ४ मा रहेको राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक रहेको स्मरण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्