२१ फाल्गुन २०८२, बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी ओली आइतबार नेपालको नयाँ प्रधानमन्त्री बन्दै

कोलोराडोखबर संवाददाता , July 14th, 2024

नेपाल । आइतबार नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्म नेपालको संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन् ।

गत शुक्रबार राति नै एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

यता नयाँ सरकारमा सहगागिताका लागि कांग्रेसले मन्त्री छान्न मापदण्ड बनाएको छ भने एमाले पनि मन्त्री छान्ने गृहकार्यमा छ ।

प्रतिक्रिया दिनुहोस्