५ चैत्र २०८२, बिहीबार

ओलीलाई प्रधानमन्त्री बनाउन एमाले-काँग्रेसले राष्ट्रपतिलाई हस्ताक्षर बुझाउँदै

कोलोराडोखबर संवाददाता , July 12th, 2024

नेपाल । नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले शुक्रबारनै बहुमत सांसदको हस्ताक्षरसहित दाबी गर्ने तयारी गरिएको छ ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए लगत्तै नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै काँग्रेससहित साना दलहरुले राष्ट्रपतिलाई हस्ताक्षर बुझाउने बुझिएको छ ।

राष्ट्रपतिलाई प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्त गर्न माग गरिनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा ६३ मत मात्र रहेको छ। विपक्षमा २०७ मत रहेको छ।

प्रतिक्रिया दिनुहोस्