नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिइ निलम्बिन गरिएको आरोप लगाएका छन् ।
ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बिन गरिएको थियो ।
ढकालले विधि पद्दति र लोकतान्त्रिक मुल्य मान्यता अनुसार आफूलाई गरिएको निलम्बनको प्रक्रिया नमिलेको बताउँदै स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुरासयपूर्ण रहेको उल्लेख गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्