२ चैत्र २०८२, सोमबार

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार संसद् बैठकमा विश्वासको मत लिने

कोलोराडोखबर संवाददाता , July 6th, 2024

नेपाल । असार २८ गते अर्थात आगामी शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेविश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

संविधानतः सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । प्रधानमन्त्री प्चण्डको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिसकेका कांग्रेस (८८) र एमाले (७९) गरी १६७ मत देखिन्छ । राप्रपा, उपेन्द्र यादवको जसपा नेपाल, अशोक राईको जसपा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि नयाँ सत्ता समिकरणलाई समर्थन गर्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्