३० फाल्गुन २०८२, शनिबार

एमालले आइतबार बोलायो संसदीय दलको बैठक

कोलोराडोखबर संवाददाता , July 6th, 2024

नेपाल । आइतबार नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो । बैठकमा सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ।

नेपाली कांग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यही सन्दर्भमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्