२१ फाल्गुन २०८२, बिहीबार

नेकपा एसको अध्यक्षमा माधव नेपालनै सर्वसम्मत चयन

कोलोराडोखबर संवाददाता , July 5th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशनबाट अध्यक्षमा माधवकुुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनु भएको छ।

राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको हो । झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् ।

यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो । अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्