३० फाल्गुन २०८२, शनिबार

रास्वपा पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो

कोलोराडोखबर संवाददाता , July 4th, 2024

नेपाल । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका चार मन्त्रीले आज राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैै मन्त्रीहरु सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमाले र नेपाली काँग्रेसको नयाँ सत्ता समिकरण बनेपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री थिए ।

यसअघि नयाँ सरकार बन्ने प्रक्रिया शुरु भएपछि आफूहरु बाहिरिने रास्वपाको प्रतिक्रिया थियो । नयाँ सत्ता समिकरणमा रास्वपाले सहभागिता जनाउने छैन ।

प्रतिक्रिया दिनुहोस्