२९ फाल्गुन २०८२, शुक्रबार

नेकपा एसको निर्वाचन निर्देशिका सार्वजनिक, अध्यक्षमा नेपाल र भुसालबीच प्रतिष्पर्धा !

कोलोराडोखबर संवाददाता , July 4th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन राजधानीको कमलादीमा जारी छ ।

गत आइतबारदेखि जारी महाधिवेशनको चौथो दिन केन्द्रीय कमिटी, अनुशासन र लेखापरिक्षण कमिटी निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ ।

निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ । महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।

बिहीबार निर्वाचन प्रक्रिया अघि बढाउने तयारी छ । अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको छ । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्