३० फाल्गुन २०८२, शनिबार

नेकपा एसको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु

कोलोराडोखबर संवाददाता , July 3rd, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा बुधबार प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ ।

बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने भएको हो। ती दस्तावेजबारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको छ ।

सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित पारित गरिनेछ । त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ ।

महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशन बिहीबार समापन हुनेछ । महाधिवेशन गत आइतबारदेखि शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्