२ चैत्र २०८२, सोमबार

काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , July 3rd, 2024

नेपाल । बुधबार नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने दलले बताएको छ।

बुधबार नै बस्नेगरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । एमालेसँग सत्ता सहकार्यका लागि भएको सहमतिपछि त्यसलाई अनुमोदन गर्न सभापति देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्