नेपाल । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी असार २२ गते मतदान गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ ।
उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ ।
सदस्यता विवादका कारण यसअघि जेठ २२, जेठ २८ गते गर्ने भनिएको निर्वाचन स्थगित गरिंदै आएको थियो ।
प्रत्येक ३ वर्षमा नयाँ कार्यसमिति चयन हुने प्रावधान छ । जिल्ला , प्रदेश र केन्द्रको एकै दिन प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार मतदान हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्