नेपाल (हेटौंडा) । हेटौडा उप महानगरपालिका वडा नंबर– ११ थानाभर्याङ स्थित सडक खण्डमा दुई करोड ७१ लाख मुल्य बराबरको ५८ कार्टुन विद्युतीय चुरोट भेप तथा भेपको फ्लेवरहरू सहित ५ जना पक्राउ गरिएको छ ।
काठमाण्डौबाट हेटौडा हुँदै भारतको दिल्लीतर्फ जानको लागि आउदै गरेको ना ६ ख ७१६३ नंबरको यात्रु बाहक बसलाई रोकी बसमा रहेका भारतिय यात्रुहरुलाई बसबाट ओराली शंकास्पद व्यक्तीहरु बस चालक सहित ५ जनालाई नियन्त्रणमा लिईएको हो ।
बसको पेसेन्जर बस्ने सिट माथी सिलिङको भागमा फल्स वटम बनाई सो फल्स बटम भित्र अबैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको दुई करोड ७१ लाख २१ हजार ७ सय असि रुपैया मुल्य बराबरको अबैध भन्सार छलि चोरी पैठारी गरी ल्याएको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।
भन्सार छलिगरिएको सामान सहित प्रहरीले बस चालक दोलखा भिमेश्वर नगरपालिका वडा नंबर २ बस्ने ३७ वर्षको सलाम मोक्तान, सह चालक उदयपुर कटारी नगरपालिका वडा नंबर– ११ बस्ने २७ वर्षको प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नंबर ७ बस्ने ३९ वर्षको ईन्द्र बहादुर दर्जी, सोही ठाउँका ३० वर्षिय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा नंबर १६ बस्ने २९ वर्षिय राजकुमार हिमाङलाई पक्राउ गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्