नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार दोस्रो स्थापना दिवस मनाउँदै छ ।
स्थापना दिवसका अवसरमा शुक्रबार चियापान कार्यक्रम आयोजना गरिएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वप्रधानमन्त्रीहरु, दलका शीर्ष नेता, उद्योगी व्यवसायी सर्वसाधारण लगायत सबैलाई आमन्त्रण गरिएको छ ।
२०७९ साल असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी असार १७ मा निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्