५ चैत्र २०८२, बिहीबार

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

कोलोराडोखबर संवाददाता , June 20th, 2024

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेल युरोप भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ । युरोप यात्राको क्रममा स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्किनुभएको हो ।

उहाँ बुधबार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुग्नुभएको हो । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण् लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले विदाइ गर्नुभएको थियो । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्