२९ फाल्गुन २०८२, शुक्रबार

क्याम्पस प्रमुखको गोली हानेर हत्या

कोलोराडोखबर संवाददाता , June 15th, 2024

नेपाल । शुक्रबार साँझ बारा जिल्ला स्थित मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको छ ।

क्याम्पस प्रमुख कुशवाहाको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । आदर्श कोतवाल गाउँपालिकाको खजुरिया निवासी कुशवाहाको अज्ञात समूहले प्रहार गरेको गोली लागेर ज्यान गएको छ ।

हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । आदर्शकोतवाल गाउँपालिका २ खजुरियाबाट सदरमुकाम कलैयातर्फ आउँदै गर्नुभएका कुशवाहामाथि वडा नं ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

गोली लागेर घाइते हुनुभएका कुशवाहालाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्