३० फाल्गुन २०८२, शनिबार

गिरीबन्धु प्रकरणमा एमालेको कुनै संलग्नता छैनः ओली

कोलोराडोखबर संवाददाता , June 14th, 2024

नेपाल । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेट प्रकरणमा मिथ्या प्रचार गरिरहेको आरोप लगाउनुभएको छ ।

बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको आरोप लगाउनुभयो ।

उहाँले गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएको तर कांग्रेसले एमालेको विरोधमा स्यालहुँइया मच्चाएको बताउनुभयो । ओलीले गिरीबन्धु प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको दाबी गर्दै बरु कांग्रेसले दुई पटक गरी ७० विघा बेचेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्