२१ फाल्गुन २०८२, बिहीबार

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित

कोलोराडोखबर संवाददाता , June 4th, 2024

नेपाल (हेटौंडा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन्

सोमबार सम्पन्न मतगणना अनुसार पोखरेलले कुल ७६५ मतमध्ये ३१३ मत पाएका थिए । उनका निकटतम प्रतिष्पर्धी इन्द्रमान स्याङ्तानले २६२ मत प्राप्त गरे ।

२०३५ सालबाट बिद्यार्थी आन्दोलनमा होमिएका पोखरेल २०३६ सालको आन्दोलनमै सक्रियतापुर्वक सहभागी बने । त्यतीबेला उनी अनेरास्वीयु मकवानपुरको उपाध्यक्ष थिए । २०३७ देखि २०४० सम्म अनेरास्ववीयुको अध्यक्ष भएर नेतृत्व गरेका पोखरेल २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेद्वार जिताउने अभियानमा सक्रिय बनेका थिए ।

पार्टी जिल्ला उपाध्यक्षमा हिदम लामा विजयी भए । लामाले कुल मतको ४७६ मत पाएका थिए । लामाका निकटतम प्रतिष्पर्धी सुनिल मोक्तानले १९७ मत पाएका थिए ।

यसैगरी सचिवमा सिता बिष्ट विजयी भएकी छिन् । २९७ मत सहित बिष्ट विजयी हुँदा निकटतम प्रतिष्पर्धी मदन दाहाललाई २५५ मत प्राप्त भएको थियो ।

यसैगरी उप सचिवमा फुर्वा दोर्जे लामा र आरती पाठक विजयी भएका छन् । लामा र पाठकले समान मत २४१ मत पाएका थिए । उनीहरुका निकटतम निकटतम प्रतिष्पर्धी क्रमशः दिपक खड्काले १६७ र कल्पना बलामीले १५६ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्