२३ फाल्गुन २०८२, शनिबार

सोमबार पनि संघीय संसद बैठकमा बजेटबारे छलफल जारी रहने

कोलोराडोखबर संवाददाता , June 3rd, 2024

नेपाल । सोमबार पनि संघीय संसद्का दुवै सदनको बैठकमा बजेटबारे छलफल हुने भएको छ ।

सोमबार पनि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८०’ पेस गर्ने कार्यसूची छ।

बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

मध्याह्न १२ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्