नेपाल । नागरिकता कीर्तेको उजुरीमा अनुसन्धानका लागि एक साताअघि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा रहने भएका छन् ।
एक साता हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो ।
जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । यसअघि ३–३ गरी गरी ६ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो ।
सिरोहिया ८ जेठमा पक्राउ परेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्