नेपाल । आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । दुबै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलसहित पारित गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण र बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
तर सहकारी ठगी सम्बन्धमा संसदीय छानबीन समिति गठन गर्नु पर्ने अडानबाट नेपाली काँग्रेस पछि हटेको छैन । तसर्थः आइतबार पनि सदन सुचारु हुने कि नहुने अझै निश्चित भइसकेको छ्रैन ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्