२३ फाल्गुन २०८२, शनिबार

घरबेटीलाई बलात्कारको आरोपमा रवि चुडाल पक्राउ !

कोलोराडोखबर संवाददाता , May 24th, 2024

नेपाल । युट्यूबमा उच्छृङ्खल अन्तरवार्ताहरु दिंदै आएका रविरत्न चुडाल बुधबार पक्राउ परेका छन् । घरबेटीलाई बालात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

५२ वर्षीया महाराजगञ्ज ४८ (परिवर्तित नाम) ले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

महाराजगञ्ज ४८ को काठमाडौं महाराजगञ्जमा रहेको घरमा चुडालले सटर भाडामा लिएर बसेका थिए । उनी फेन्सी स्टोर चलाउँथे । उक्त घरमा घरबेटीको परिवारबाहेक चुडाल मात्रै बस्ने गरेका थिए । महाराजगञ्ज ४८ विधवा हुन् । उनको श्रीमानको २०६४ सालमा मृत्यु भएको थियो । उनका दुई छोराहरु अहिले विदेशमा छन् । चुडाल पनि पत्नीसँग सम्वन्ध बिग्रेर एक्लै बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्